Aamsanchar

मोरङको एउटा घरमा आगलागी, १३ लाख रुपैयाँभन्दा बढीको क्षति

Author Image
शुक्रवार, वैशाख १७, २०७८

विराटनगर –मोरङको जहदा गाउँपालिका–१ बुधनगरको एउटा घरमा शुक्रबार बिहान भएको आगलागीमा १३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । लोकेश्वर सरवरियाको टिनको छानो र टाटीको बेरा भएको चार कोठे घरमा बिहान ३ बजेतिर आगलागी भएको हो ।

आगलागीमा घर पूर्णरुपमा जलेर ध्वस्त भएको छ । साथै गाई गोठ, फर्निचरका सामान, अन्नपात, लत्ताकपडा, भाँडावर्तन, सुनचाँदीलगायत महत्वपूर्ण कागजपत्र जल्दा अन्दाजी १३ लाख ६४ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनले घटनाका बारेमा अनुसन्धान थालिएको जनाए । स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरी र दमकलको सहयोगमा एक घण्टापछि आगो नियन्त्रणमा लिएपनि घर र घरभित्र रहेका सामान जोगाउन नसकिएको राईको भनाइ छ । उनका अनुसार घटनामा मानवीय र चौपाय क्षति भने भएन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर