Aamsanchar

वन विनासलाई रोक्न उपभोक्तालाई एलपी ग्यास वितरण

Author Image
शुक्रवार, वैशाख १७, २०७८

उदयपुर-बढ्दो वन विनासलाई रोक्न उदयपुरको त्रियुगा नगरपालिका ७ स्थित कौवाई सामुदायिक वन समुहले एक सय नौ उपभोक्तालाई एलपी ग्यास वितरण गरेको छ ।दाउराको खपत गर्दा वन विनाश बढ्ने र वातवरण पनि प्रदुषण हुने भन्दै समूहले वार्षिक कार्यक्रम नै स्वीकृत गरी एलपी ग्यास वितरण गरेको हो । समूहका अध्यक्ष मीनबहादुर कार्कीका अनुसार गरिबी निवारण शीर्षकबाट ७ लाख २० हजार रुपैयाँमा एक सय नौ घरलाई ग्याँस चुलो र सिलिण्डर वितरण गरिएको हो ।

‘दाउराको प्रयोग घटाउँदै वन जोगाउने उदेश्यले ग्यासको सिलिण्डर र चुलो वितरण गरेका हौँ ।’ अध्यक्ष कार्कीले भने, ‘सुकेका, ढलेकालाई दाउरा बनाउन वहानामा काँचै वोटविरुवा र लाथ्राहरु ढाल्न थालेपछि जंगल प्रवेशमा रोक लगाउन समूहले वार्षिक कार्यक्रम स्वीकृत गरी दाउराको विकल्प खोजेको हो । ‘समुहका सचिव हिरा मगरकाअनुसार समूहमा आवद्ध एकसय ३७ घरधुरीमध्ये १ सय ९ घरधुरिलाई वितरण गरेको हो । ‘एकसय नौ घर परिवार यही बसोबार गर्ने हुन,’ उनले भनिन्, ‘अन्य उपभोक्ता बाहिर रहेकाले नदिएका हौ, भोलिका दिनमा यहीँ बसोबास गरे भने पुन वितरण गर्छौ ।’

उपभोक्तालाई ग्यास वितरण गर्दै गाइघाट डिभिजन वन कार्यलयका सहायक वन अधिकृत जागेश्वर साहले ग्याँस चुलो वितरणले उपभोक्तलाई वन संरक्षण गर्न उत्साहित बनाएको बताए । ‘वर्षभरी उपभोक्ताले दाउरा प्रयोगगर्दा वनलाई धेर थोर क्षति पुग्दै आएको थियो,’ उनले भने, ‘त्यहीँ सामुदायिक वनको आम्दानीमा ग्यास चुलो वितरणगर्दा उपभोक्तालाई प्रयोग गर्न पनि सजिलो अनि दाउरा प्रयोगमा कमी आउँदा वन संरक्षणमा टेवा पुग्छ ।’

‘यसले उपभोक्तालाई राहत मात्र मिलेको छैन्, जंगल संरक्षणसमेत भएको छ,’ अधिकृत साहले भने, ‘एकभारी दाउरा काटने समय अन्य काममा समय पुगेको छ, त्यति मात्र नभई धुँवाबाट हुने स्वास्थ्य समस्याकोसमेत निराकरण भएको छ ।’  ग्यास पाएपछि स्थानीय खुशी भएका छन् । स्थानीयले दाउरा खपत कमी, समयको बचत, र वन फडानीमा कमी आउनुकासाथै अन्य काम गर्न सहज हुने बताएका छन् । विद्यालयमा खाजा पकाउन सजिलो होस भन्ने हेतुले समुहले माध्यमिक विद्यालय कौवाईलाईसमेत ग्यास उपलब्ध गराएको छ ।

घरायसी प्रयोजनका लागि दाउरा बाल्न रुख काट्दा वन फँडानी हुन थालेपछि समूहले कार्ययोजना बनाएर वन विनास रोक्न यस्तो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष कार्कीले बताए । सामुदायिक वन उपभोक्ता महासंघ त्रियुगा नगर कमिटीका अध्यक्ष नरबहादुर खड्काले बैकल्पिक उर्जा कार्यक्रमअन्तर्गत एलपी ग्यास उपभोक्तालाई वितरण वन संरक्षणको आधार भएको बताए ।

वन संरक्षण र वातवरणिय हिसावले पनि ग्यास उपयुक्त भएको र उपभोक्ता पनि धुँवाबाट मुक्त भएको उनको भनाइ छ । सरकारले अघि सारेको ‘धुँवामुक्त त्रियुगा नगर अभियान’ लाई सहयोग गर्न पनि ग्यास सिलिण्डर वितरण गरिएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर