Aamsanchar

पानीको विषयमा किर्गिस्तान–ताजिकिस्तानको विवादित सीमा क्षेत्रमा झडप हुँदा ३१ जनाको मृत्यु

Author Image
शनिवार, वैशाख १८, २०७८

काठमाडौं –किर्गिस्तान–ताजिकिस्तानको विवादित सीमा क्षेत्रमा भएको झडपमा ३१ जनाको मृत्यु भएको छ । १५० जना घाइते भएका छन् । पानीको विषयमा सुरु भएको विवादले हिंसाको रुप लिएको र सो क्षेत्रबाट दस हजार जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको बीबीसीले जनाएको छ ।

सुरुमा सीमा क्षेत्रमा रहेको पानीको एक स्रोत नजिक सेक्युरिटी क्यामरा जडान गरिएको थियो । त्यसपछि दुवै पक्ष पछि हटेका थिए । यद्यपि सो क्षेत्रमा पटक–पटक गोली चलेको आवाज सुनिन्थ्यो । किर्गिस्तानका स्वास्थ्यमन्त्री अजिला सोल्नबिकोवाले टेलिभिजन सम्बोधनको क्रममा गत विहीबार भएको झडपमा परी ३१ जनाको मृत्यु भएको र १५० जना घाइते भएको जानकारी दिएका हुन् । ताजिकिस्तानतर्फ भने कति जनाको मृत्यु भयो भन्ने विवरण आएको छैन ।

सामाजिक सन्जालहरुमा सेयर गरिएको भिडियोमा किर्गिस्तानको बाटकनस्थित विवादित सीमा क्षेत्रका धेरै घरहरु आगोमा जलिरहेको देखिन्छ । सो क्षेत्रमा एक सीमा चौकी, २० भन्दा धेरै घर, एक स्कुल, आठवटा पसल र क्यासिनो जलेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर