Aamsanchar

दाङको तुलसीपुरमा ४ महिनादेखि पार्किङ गरि राखेको कारभित्र ३ वटा शवहरु फेला

Author Image
शनिवार, वैशाख १८, २०७८

दाङ – दाङको तुलसीपुरमा एक भारतीय कारमा तीन जना बालकको शव फेला परेको छ। तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा रोकिराखेको भारतीय जे ०१६६०८८५ नम्बर प्लेटको कारमा बच्चाहरुको शव फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले तीन महिना महिनादेखि पार्किङ गरेर राखेको गाडी भित्र शव फेला परेको जानकारी दिए। उक्त कार गत माघदेखि पार्किङ गरी राखेको थियो।

‘मृतक को हुन् र कसरी उनीहरू पार्किङ गरेको कारमा पुगेर अनुसन्धान भइरहेको सिंहले बताए। सिंहले आफु घटनास्थलमै रहको तर शव निकालि नसकेको बताए। उक्त कार कसको हो र कसले यहाँ पार्किङ गरेको हो भन्ने पनि खुल्न बाँकी रहेको सिंहले बताए। कार नजिकै बस पार्किङ गर्न गएका बसका चालकले गन्ध थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर