Aamsanchar

निषेधाज्ञाका कारण प्रदेश १ को राजधानी विराटनगर महानगरको मुख्य बजार सुनसान

Author Image
आइतवार, वैशाख १९, २०७८

विराटनगर – कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि स्थानीय प्रशासनले मोरङको केही स्थानीय तहमा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाका कारण प्रदेश १ को राजधानी रहेको विराटनगर महानगरपालिको मुख्य बजार सुनसान भएको छ। प्रशासनले शनिबार मध्यरातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो। चहलपहल बढी हुने विराटनगरको मुख्य बजार अहिले सुनसान छ। सडक तथा चोकमा गाडी गुडेको छैन।

दुध, खाद्यवस्तुलगायतका दैनिक उपभोग हुने सामानहरु बिहान १० बजेसम्म खरिद बिक्री गरिसक्नुपर्ने व्यवस्था रहेको छ। बजार क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मी तैथान छन्। विराटनगरस्थित महेन्द्र चोक साथै भित्री बजार क्षेत्रमा सर्वसाधरणलाई अत्यावश्यकबाहेक हिँड्डुलमा रोक लगाइएको छ। सुरक्षाकर्मीले कडाइ गरेको छ। स्वास्थ्यकर्मी, बैंकका कर्मचारी, सञ्चारकर्मीलगायतलाई परिचयपत्रका आधारमा सहजीकरण गरिएको छ।

सर्वसाधरण अझै अटेर रहेको ड्युटीमा खटिएका एक सुरक्षाकर्मीले बताए। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरी बैशाख १८ गते राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर