Aamsanchar

दुईजना प्रहरी जवान पक्राउ, लागुऔषध कारोबार गरेको आशंका

Author Image
आइतवार, वैशाख १९, २०७८

काठमाडौं-लागुऔषध कारोबार गरेको आशंकामा दुईजना प्रहरी जवानलाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले प्रहरी वृत्त जनसेवामा कार्यरत दुईजना जवानलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नरेन्द्रसिंह नगारी र प्रेम ओड छन् । वृत जनसेवाको इन्टेलिजेन्स युनिटमा कार्यरत उनीहरु सादा पोसाकमा परिचालित हुन्थे । उनिहरुलाई काठमाडौंको डल्लुबाट पक्राउ गरिएको हो ।

नगारी र ओडबारे अनुसन्धान भइरहेको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी दिलिप चौधरीले बताए । कारोबारीबाट बरामद गरिएको डाइजेपाम, फेनारगन र नुर्फिन सहित १ सय ८६ एम्पुल लागुऔषध उनीहरुले दोस्रो कारोबारीलाई बेच्न खोजेको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर