Aamsanchar

भरुवा बन्दुक सहित सोताङबाट १ जना पक्राउ

Author Image
आइतवार, वैशाख १९, २०७८

सोलुखुम्बु- सोलुखुम्बुको सोताङ गाउँपालिका-१ बाट ३ थान भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार बेलुका ७ बजेको समयमा पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक सहित स्थानीय ३४ बर्षीय दिल बहादुर भनिने गंगा बहादुर गिरी पक्राउ परेका हुन् ।

जंगलमा शिकार खेल्न गएको भन्ने सूचना प्राप्त भएसंगै प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी टोलीले ३ थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी ८०० ग्राम, फलामको टुक्रा १ केजि, टर्च लाईटमा प्रयोग हुने ब्याट्रि ७ थान, लाईटर १ थान , केप १ थान, मोबाईल २ थान र १० मिटर तार सहित पक्राउ गरेको हो ।

उक्त घटनामा अन्य ४ जनाको समेत संग्लग्नता रहेको बुझिन आएको तथा खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 413

प्रतिक्रिया (०)

सम्बन्धित खबर