Aamsanchar

कोरोनाको खोप लगाइदिने बहानामा एक युवतीको सामूहिक बलात्कार

Author Image
आइतवार, वैशाख १९, २०७८

एजेन्सी – भारतको पटनामा कोरोनाको खोप लगाइदिने झुठो आश्वासन दिएर दुई व्यक्तिले एक युवतीको सामूहिक बलात्कार गरेका छन् । एक प्रहरी अधिकारीका अनुसार रकी र मन्टु नामक गरेका व्यक्तिले यस्तो अपराध गरेका हुन् । उनीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ एक स्वास्थ केन्द्रमा यी दुई व्यक्तिले युवतीलाई कोरोना खोप लगाइदिने आश्वासन दिएका थिए । त्यसपछि उनीहरुले जमुनापुर क्षेत्रस्थित एक सुनसान घरमा ती युवतीलाई लगे, अनि दुर्व्यवहार सुरु गरे । पीडितले प्रतिरोध गर्न खोजेपछि उनीहरुले हातखुट्टा बाँधे र मुखमा पनि रुमाल कोचिदिए । त्यसपछि सामूहिक बलात्कार गरेर उनीहरु फरार भए ।

प्रहरी अधिकारी भन्छन्, ‘केही समयपछि आफुलाई मुक्त गरेर पीडित घर पुगिन् र परिवारका सदस्यहरुसँग आफुसँग घटेको घटनाबारे भनिन् । त्यसपछि स्थानीय पुलिसलाई सम्पर्क गरियो ।’ आरोपितहरु जमुनानगरमा बस्थें । प्रहरीले आज बिहान उनीहरुको घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । अधिकारीहरुका अनुसार पीडितको मेडिकल परीक्षण भइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर