Aamsanchar

नेपालमा एकैदिन ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण, थप २७ जनाको ज्यान गयो

Author Image
आइतवार, वैशाख १९, २०७८

काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा सात हजार दुई सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा सात हजार एक सय ३७ जना र ६ सय २३ जनाको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा ७४ गरी सात हजार दुई सय ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा आज तीन हजार पाँच सय ९५ जनामा सङ्क्रमण देखिएको छ । काठमाण्डौमा दुई हजार सात सय ८४, ललितपुरमा पाँच सय ५० र भक्तपुरमा तीन सय एक जनामा सङ्क्रमण देखिएको हो । यस्तै कोरोना सङ्क्रमणका कारण थप २७ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ ।

यस्तै एक हजार ६ सय १२ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८३ हजार नौ सय ९४ पुगेको छ । अहिले ४८ हजार सात सय ११ जना सक्रिय सङ्क्रमित रहेकोमध्ये चार सय ७७ जना आइसोलेशनमा र एक सय १३१ जना भेन्टिलेटरमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)