Aamsanchar

वैशाख २७ गतेका लागि संसद्को विशेष अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्वासको मत लिने

Author Image
आइतवार, वैशाख १९, २०७८

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को विशेष अधिवेशन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गतेका लागि संसद्को विशेष अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यलयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रतिनिधि सभाको विश्वस छ भन्ने प्रष्ट गर्न चाहेकोले संसद्को विशेष अधिवेशन आह्वान गरिएको कार्यालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेबारे जानकारी गराउनुभएको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र कांग्रेसलगायत दलहरू मिलेर अविश्वासको प्रस्ताव लैजाने तयारी भएसँगै प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नुभएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर