Aamsanchar

कोरोनाबाट मृत्यु भएका परिवारलाई १ लाख उपलब्ध गराउने प्रदेश सरकारको घोषणा

Author Image
सोमवार, वैशाख २०, २०७८

काठमाडौं – कर्णाली प्रदेश सरकारले कोरोनाबाट मृत्यु भएका नागरिकका परिवारका लागि राहतका प्याकेज घोषणा गरेको छ। कर्णाली मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।

संक्रमणबाट मृत्यु भएका परिवारलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलव्ध गराउने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री एवम् सरकारकी प्रवक्ता बिमला केसीले जानकारी दिइन्। विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेटबाट कोषमा ५० करोड बजेट रकमान्तर गरिएको प्रवक्ता केसीको भनाइ छ। उनले उक्त रकम कोभिड–१९ सँग सम्बन्धित समस्याहरु समाधानका लागि खर्च गरिनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर