Aamsanchar

आगलागीमा परेर श्रीमान् श्रीमतीको मृत्यु, घर पूर्ण रुपमा जलेर नष्ट

Author Image
सोमवार, वैशाख २०, २०७८

रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिका-२ मा भएको आगलागीमा एक दम्पतीको ज्यान गएको छ । बाम्ती लहरेटोलका मनोहर कार्कीको घरमा गएराति भएको आगलागीमा परि उहाँका बुबा ७८ वर्षीय धनबहादुर कार्की र आमा ६८ वर्षीया सीता कार्कीको ज्यान गएको रामेछापका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो ।

राति अकस्मात आगलागी भएपछि मनोहर कार्की उहाँकी श्रीमती कल्पना कार्की र ३ वर्षीया छोरी स्मारिका कार्की भने घरको ढोका फुटाएर हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । आगलागीले घर पूर्ण रुपमा जलेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर