Aamsanchar

बुधबारे जेसीजद्वारा १५ दिने ‘कोरोना सचेतना अभियान’ सञ्चालन

Author Image
सोमवार, वैशाख २०, २०७८

बुधबारे। झापाको बुद्धशान्ति गाउँपालिका स्थित बुधबारे जेसीजले सोमबार देखि १५ दिने ‘कोरोना सचेतना अभियान’ सञ्चालन गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि आमसर्वसाधारणलाई जनचेतना र सचेतना फैलाउने उदेश्यले सो अभियान सञ्चालन गरिएको हो । दोस्रो लहरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि अवस्था असामान्य बन्दै गएको सन्दर्भमा सचेतना र जनचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् । ‘भौतिक रुपमा उपस्थिति जनाएर सचेतना फैलाउने अवस्था छैन, अधिकांश मानिसले सामाजिक सञ्जालको प्रयोग गर्छन्, त्यहि सामाजिक सञ्जालको प्रयोग गरेर हामीले १५ दिने अभियान सञ्चालन गरेका हौं।’– बुधबारे जेसीजका अध्यक्ष वाग्लेले भने ‘कोरोना भाइरसको संक्रमणबाट बच्न, बचाउन, संक्रमण हुननदिन केकस्ता खानेकुरा बढी सेवन गर्ने, कस्ता खानेकुरा सेवन नगर्ने, सावधानी कसरी अपनाउने जस्ता धेरै कुरामा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले अभियान सञ्चालन गरेका हौं ।’

झापामा आज सोमबार देखि निषेधाज्ञा सुरु भएकाले बुधबारे जेसीजको फेसबुक ग्रुपमा यस विषयमा छलफल गरी अभियान सञ्चालन गर्न ३ सदस्यीय उपसमिति बनाएर जिम्मेवारी दिइएको छ । जस्को संयोजकमा दीपेन सिटौला र सदस्यहरुमा नवराज कोइराला तथा विष्णु लामिछाने रहेका छन् ।

‘कोरोना सचेतना अभियान’ आहा स्कुल प्रोजेक्ट अन्र्तगत सञ्चालन हुनेछ । यो अभियानका लागि संयोजकको जिम्मेवारी पनि आहा स्कुल कार्यक्रमकै संयोजक दीपेन सिटौलालाई नै दिइएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)