बिर्तामोड- झापामा आज एकै दिन १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १ जनाको मृत्यु भएको छ । आज १३ ओटा पालिकाका ७० जना महिला सहित १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज मृत्यु हुनेमा शिवसताक्षी नगरपालीका ८ का ७० बर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको हो । एन्टिजेन्ट परिक्षण तर्फ भने आज २ महिलासहित ६ जनामा कोरोना देखियो । झापामा सक्रिय संक्रमितको संख्या ७ सय ४१ पुगेको छ । झापामा कोरोनाकै कारण १ सय ३६ जनाको मृत्यु भईसकेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 227