Aamsanchar

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पको आफ्नै ‘कम्युनिकेशन प्लेटफर्म’

Author Image
बुधवार, वैशाख २२, २०७८

काठमाण्डौ – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब आफ्नै ‘प्लेटफर्म’मार्फत सामाजिक सञ्जालमा जोडिनुभएको छ । गएको जनवरीमा भएको वासिङ्टन डीसीको हिंसापछि डोनाल्ड ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो भने फेसबुक र युट्युबले निलम्बन गरेको थियो । सामाजिक सञ्जालमा रमाउने डोनाल्ड ट्रम्पले आफूलाई लगाएको प्रतिबन्धको विरोध पनि गर्नुभयो । तर केही नलागेपछि अहिले ट्रम्पले आफ्नै वेबसाइट बनाएर त्यसैमार्फत समाजिक सञ्जालमा जोडिन लाग्नुभएको छ ।

उहाँको नयाँ वेबसाइट ब्लग जस्तै छ । यसलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ‘कम्युनिकेशन प्लेटफर्म’ भनेका छन् । यो नयाँ प्लेटफर्मको नाम ‘फ्रम द डेस्क अफ डोनाल्ड जे ट्रम्प’ राखिएको छ । अब यो प्लेटफर्ममा गएर प्रयोगकर्ताहरुले ट्रम्पका पोस्टलाई लाइक गर्न र फेसबुक तथा ट्विटरमा सेयर गर्न सक्नेछन् ।

ट्रम्पका सल्लाहकार ज्यासन मिलरले केही समय पहिले नयाँ सामाजिक सञ्जाल लञ्च हुन गइरहेको बताउनुभएको थियो । तर मिलरले मंगलबार यो नयाँ वेबसाइट कुनै सामाजिक सञ्जाल नभएको भन्दै ट्वीट गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर