Aamsanchar

५ महिनादेखि अमेरिकामा बेपत्ता नेपाली विद्यार्थीको शव फेला

Author Image
बिहिवार, वैशाख २३, २०७८

काठमाडौं –अमेरिकाको न्यू जर्सीमा अध्ययनरत नेपाली विद्यार्थी अजय साहको शव फेला परेको छ। गत जनवरी महिनादेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको लाश मोरिस काउन्टी अभियोजक कार्यालयले भेटेको हो।

गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव साहले बताएका थिए। साह विगत साढे २ वर्ष देखि ड्रू विश्व विद्यालयमा अध्ययनरत थिए। उनका दाजु पनि अमेरिकाकै टेक्सासमा बसोबास गर्दै आएका छन्। सिरहा भएका २२ वर्षीय साहको गत सोमबार उनको लाशको पहिचान भएको र शव ब्रुकलिनको एङ्कोरेज नहरमा फेला परेको जनाइएको छ। बेपत्ता भएका साहलाई अन्तिम पटक न्यू जर्सीको नेवार्क–पेन स्टेसनमा देखिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर