Aamsanchar

तुलसीपुर मृत्यु प्रकरण : प्रहरीलाई अनुसन्धानमा सघाउन मेयरको आग्रह

Author Image
बिहिवार, वैशाख २३, २०७८

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले अनुसन्धानमा सहयाोग गर्न पिडित परिवारलाई आग्रह गर्नुभएको छ ।

दाङको तुलसीपुरमा भएको तीन बालबालिकाको रहस्यमय मृत्यु प्रकरणका विषयमा ध्यानाकर्षन गराउन आएको दलित मुक्ति मोर्चा दाङको टोलिसंग कुरा गर्दै नगर प्रमुख पाण्डेले अपराध पूर्णकार्य भए कारबाही गर्नुपर्ने भन्दै त्यसका लागि पिडित परिवारले अनुसन्धानका लागि थप प्रमाण जुटाउनका लागि सहयोग गर्नु पर्ने बताउनुभयो ।

घटनालाई निश्पक्ष तवरले अनुसन्धान गर्न तुलसीपुर प्रहरीलाई निर्देशन दिएको बताउँदै नगर प्रमुख पाण्डेले भिसेरा रिपोर्टपछि घटनाको वास्तविकता खुल्ने बताउनुभयो ।

त्यसैगरी उहाँले पिडित परिवारलाई प्रति व्यक्ति २५ हजारका दरले उपमहानगरपालिकाले सहयोग स्वरुप कृयाखर्च उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा मोर्चाका अध्यक्ष सुरज परियारले घटना हत्यानै भएको बताउँदै हत्यारालाई पक्राउगरी सार्वजनिक नगर्दासम्म शव नउठाउने बताउनुभयो । सो अवसरमा मृतक बालकका हजुरबुबा कृष्ण गन्धर्वले घटना हत्या नै भएको दाबी गर्दै हत्यारलाई तत्काल सार्वजनिक गर्नुपर्ने माग राख्नु भयो ।

तुलसीपुरको स्याउली बजारमा बैशाख १९ गते भारतीय नम्बरको कारमा तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ निबासी भिम बहादुर परियारका ९ बर्षका छोरा सन्दिप परियार, सोही ठाउँका सन्तोष परियारका ७ बर्षका छोरा सुवर्ण परियार र कृष्ण परियारका ६ बर्षका छोरा करण परियार मृत अवस्थामा भेटिएपछि उक्त परियार न्याय खोज्दै विभिन्न निकायमा पुग्ने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर