काठमाडौं –उपत्यकाको निषेधाज्ञा उल्लंघन गर्नेलाई एक सय रुपैया जरिवाना गर्न थालिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता शुसील सिंह राठोरले बिहिबारबाट जरिवाना गराउन थालिएको जानकारी दिए। ‘सरकारले निषेधाज्ञा जारी गर्दा पनि बिनाकाम बाहिर हिँड्डुल गरिरहेको पाइयो,’उनले भने,‘त्यसैले उनीहरुकै स्वास्थ्य सुरक्षाको लागि सय रुपैया जरिवाना गराएका हौ,कति जनालाई कारबाही भयो भन्ने अहिले नै तथ्यांक भने आएको छैन।’
सरकारले पछिल्लो समय नया भेरियन्टसहितको कोरोना भाइरस तिब्र रुपमा फैलिएपछि वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञामा अत्यवश्यक बाहेक सबै सेवामा रोक लगाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 182