Aamsanchar

झापाको बिर्तामोडमा ५० बेडको आइसोलेसन कक्ष तयार, भोलीबाट सञ्चालनमा ल्याइने

Author Image
बिहिवार, वैशाख २३, २०७८

काठमाडौँ — कोरोना संक्रमण बढेसँगै झापाका केही पालिकाले आइसोलेसन निर्माण तीव्र पारेका छन् । बिर्तामोड नगरपालिकाले ५० बेडको आइसोलेसन कक्ष तयार पारेको छ । मेची आँखा अस्पताल परिसरमा आइसोलेसन तयार पारिएको नगरका स्वास्थ्यकर्मी कृष्ण काफ्लेले जनाए । शुक्रबारबाट आइसोलेसन सञ्चालनमा ल्याइने उनको भनाइ छ । ‘सबै तयारी पूरा भयो, अब सञ्चालन गर्न मात्रै बाँकी छ,’ काफ्लेले भने ।

उनका अनुसार आइसोलेसन सेन्टरमा भर्ना हुने बिरामीलाई अक्सिजनसमेत उपलब्ध गराइनेछ । गम्भीर खालका बिरामीलाई भने सूचीकृत अस्पतालमा रेफर गरिने जनाइएको छ । झापामा बुधबार मात्रै ७ जना संक्रमितको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या पनि ९ सय नाघेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर