

झापा । झापामा आज १ सय ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टा यता ८७ जना महिला र १ सय ३ पुरुषमा कोरोना पुष्टि भएको र कोरोना उपचारमा रहेका दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दमक–२ का ५३ बर्षीय र मेचीनगका–६ का ४८ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमित पुष्टि हुनेहरुमा दकममा ३२ महिला, ३२ पुरुष, बिर्तामोडमा ७ महिला १५ पुरुष, गौरादहमा एक एक जना महिला पुरुष रहेका छन् । त्यसैगरी मेचीनगरमा १३ महिला ९ पुरुष, भद्रपुरमा ४ महिला ७ पुरुष, अर्जुनधरामा ४ पुरुष, बुद्धशान्तिमा १ महिला, ३ पुरुष, गौरीगंजमा १० महिला ७ जना पुरुष रहेका छन् । कमल गाउँपालिकामा ९ महिला १३ पुरुष, शिवसताक्षीमा ४ महिला २ पुरुष, झापा गाउँपालिकामा ३ जना पुरुष, अन्य क्षेत्रका एकजना रहेका छन् । झापाका हल्दिबारी, कचनकवल र बाह्रदशी गाउँपालिकामा संक्रमितको संख्या शुन्य रहेको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए ।




