Aamsanchar

कीर्तिमानी आरोही कामिरिताले गरे २५ औँ पटक सगरमाथाको आरोहण

Author Image
शनिवार, वैशाख २५, २०७८

काठमाण्डौ – कीर्तिमानी आरोही कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथा आरोहण गरेका छन् । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि सगरमाथा आरोहण गर्ने कामिरिता पहिलो आरोही पनि बन्नुभएको छ ।

शुक्रवार बेलुकी ६ बजे कामिरिताले सगरमाथाको टुप्पोमा पाइला टेकेको पथ प्रदर्शक कम्पनी सेभेन समिट ट्रेकिङ कम्पनीले जनाएको छ । उहाँसँगै १२ जना शेर्पा पनि सगरमाथामा पुगेका छन् । यस वर्षको बसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने यी आरोहीहरु पहिलो हुन्। सफल आरोहण गर्नेहरुमा कामरिता शेर्पा, फुर्तेन्जी शेर्पा, लाक्पा नुर्बु शेर्पा, निमा टासी शेर्पा, मिंगमा तेन्जी शेर्पा, फुरा छिरिङ शेर्पा, तेन्जिङ शेर्पा, छेतेन दोर्जे शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुर्बा छोटर शेर्पा, मिंगमा दोर्ची शेर्पा र फुर्बा कुसुङ शेर्पा रहेका छन्। 

Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर