Aamsanchar

चिनियाँ कम्पनीले उत्पादन गरेको कोरोना खोपलाई डब्ल्यूएचओद्वारा प्रयोगको अनुमति

Author Image
शनिवार, वैशाख २५, २०७८

काठमाण्डौ –विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको कोरोना खोपको आपतकालीन प्रयोगलाई अनुमति दिएको छ । यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडर्नाको खोपलाई अनुमति दिएको थियो । डब्ल्यूएचओबाट अनुमति पाउनु अघि नै अफ्रिका, ल्याटिन अमेरिका तथा एसियाका केही देशले चिनियाँ कम्पनीले उत्पादन गरेको खोप प्रयोगमा ल्याइसकेका छन् ।

चिनियाँ कम्पनीको यो खोप १८ वर्षभन्दा माथिका उमेर समूहलाई बढी प्रभावकारी हुने देखिएको पनि डब्ल्यूएचओले जनाएको छ । विश्वमा कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै खोपको माग बढ्दो छ । तर, त्यही अनुसार उत्पादन नहुँदा खोपको अभाव छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर