Aamsanchar

श्रीमानको कुटपिटबाट गर्भमा रहेकी चार महिने शिशुको मृत्यु

Author Image
शनिवार, वैशाख २५, २०७८

धरान –कोरोना माहामारीको त्रासको अवस्थामा मादक पदार्थ सेवन गरेका श्रीमानको कुटपिटबाट सुनसरीमा आमाको गर्भमा रहेकी चार महिने शिशुको मृत्यु भएको छ। श्रीमानको कुटपिटबाट सुनसरीको बराहक्षेत्र नगरपालिका-६ की २४ वर्षीया रेखा साहको गर्भमा रहेको चार महिने शिशुको मृत्यु भएको हो।

आइतबार अत्याधिक मादक पदार्थ सेवन गरेर घर आएका श्रीमान विश्वेश्वर साहको कुटपिबाट श्रीमती रेखा गम्भीर घाइते भएकी थिइन्। श्रीमानले गर्भवती बनेकी रेखालाई कुटपिट गरी घरबाट निकाला गरेका थिए। श्रीमानको कुटपिटबाट गम्भीर घाइते बनेकी रेखालाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरी समयमा उपचार गरेका कारण उनको ज्यान बचेको छ। उपचारका क्रममा रेखाको पेटको भिडियो एक्सरे गर्दा पेटमा भएको शिशुको मृत्यु भइसकेको चिकित्सकले बताएका थिए।

तत्काल चिकित्सकले मृत शिशुलाई निकालेर रेखालाई बचाएका छन्। समयमै रेखालाई अस्पताल भर्ना गरेका कारण रेखालाई बचाउन सफल भएको ओरेक नेपाल सुनसरीकी सहजकर्ता विमला घिमिरेले बताइन्। रेखालाई बराहक्षेत्र नगरपालिकाकी उपमेयर कमला मगरको सहयोगमा घिमिरेले उपचारका लागि प्रतिष्ठान भर्ना गर्न सहज भएको बताइन्।

उपचार पश्चात बिहीवार अस्पतालबाट डिस्चार्ज भएकी रेखा दुई वर्षकी छोरीसहित महिला हिंसाको सिकार बनेकी हुन्। शुक्रवार रेखालाई सासू प्रमिला साहले घरबाट निकालेकी हुन्। घरबाट समेत निकालिएकी रेखा दुई वर्षकी नाबालिका छोरीसहित इटहरीमा दिदी चन्द्रकला साहको घरमा आश्रय लिएर बसेकी छन्। श्रीमानको कुटपिटबाट गर्भमै चार महिनाको छोरी गुमाएकी रेखालाई सासूले पीडामाथि थप पीडा दिएको ओरेक नेपालकी सहजकर्ता घिमिरेको भनाइ छ।

श्रीमानको कुटपिटबाट घाइते भएकी रेखाको उपचार बीपी प्रतिष्ठानले निःशुल्क गरिदिएको छ। नाबाललिका छोरीसहित घरबाट निकालिएकी रेखाको थप उपचारमा समस्या आएको छ। रेखाकी दिदी चन्द्रकलाले मानसिक रुपमा विक्षिप्त बनेकी बहिनीलाई घरबाट समेत निकाली दिए पश्चात थप अन्यायमा परेको भन्दै घरमा बस्ने वातावरण मिलाइदिन स्थानीय प्रहरी प्रशासनसँग माग गरेकी छन्। रेखालाई कुटपिट गरी फरार भएका साहलाई इलाका प्रहरी कार्यालय बराहक्षेत्रले शुक्रबार पक्राउ गरेको छ।

इप्रका बराहक्षेत्रका प्रमुख प्रहरी निरीक्षक पाण्डव राजवंसीले साहविरुद्ध गर्भ संरक्षण विरुद्धको कसुर अनुसार मुद्दा दर्ता गरेर आवश्यक कारवाही फ्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए। उनले घरबाट निकालिएकी रेखालाई घरमा बस्ने वातावरण मिलाउन प्रहरी परिचालन गरिएको जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 424

प्रतिक्रिया (०)

सम्बन्धित खबर