Aamsanchar

भारतमा कोरोनाका कारण एकैदिन ४ हजार १ सय ८७ जनाको मृत्यु

Author Image
शनिवार, वैशाख २५, २०७८

काठमाण्डौ –भारतमा कोरोना भाइरसका कारण एकैदिन चार हजारभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा कोरोनाका कारण चार हजार एक सय ८७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारत एकैदिन कोरोना सङ्क्रमणका कारण चार हजारभन्दा धेरैको ज्यान जाने तेस्रो देश बनेको छ । यसअघि ब्राजिल र अमेरिकामा एकैदिन चार हजारभन्दा धेरैको ज्यान गएको थियो । यस्तै, गएको २४ घण्टामा भारतमा चार लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ ।

भारतमा अहिलेसम्म दुई करोड १८ लाख ९२ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने दुई लाख ३८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर