Aamsanchar

श्वास फेर्न गाह्रो भएपछी कोरोना संक्रमितहरु पिपलको रुखमुनि

Author Image
शनिवार, वैशाख २५, २०७८

भारत उत्तर प्रदेशको शाहजहाँपुरस्थित बहादुरगन्ज क्षेत्रका कोरोना संक्रमितहरु पिपलको रुखमुनि बस्न पुगेका छन् । कोरोना पोजेटिभ घोषणा भएका दुुई परिवारका झन्डै आधा दर्जन संक्रमित पर्याप्त अक्सिजनका लागि भन्दै पिपलको रुखमुनी बसेका हुन् । ‘मलाई सास लिन समस्या भइरहेको थियो र अक्सिजनको कुनै सहारा थिएन । पिपलको रुखले अक्सिजन दिन्छ भन्ने थाहा पाएपछि मेरो परिवार यही आएर बसेको छ,’ उर्मिला नामकी एक महिलाले भनिन् ।

भारतीय जनता पार्टीका विधायक रोशनलाल बर्माले यस इलाकामा पुगेर मानिसहरुसँग भेटघाट गरेका छन् । उनले शनिबार जिल्ला अधिकारीहरुलाई फोन गरेर अस्पतालमा बिरामीलाई स्थानान्तरण गर्न निर्देशन दिएका छन् । यद्यपी, पिपलको रुखमुनी निकै राम्रो महसुस गरेकाले अस्पतालमा सिफ्ट हुन मन नलागेको उर्मिलाले बताइन् । उनको परिवारका एक सदस्यले भने, ‘ हामीलाई पिपलले अधिकतम अक्सिजन दिन्छ भनिएको थियो । किनकी कुनै विकल्प बाँकी थिएन, त्यसैले मैले आफ्नी काकीलाई यहाँ लिएर आएँ र समस्या धेरै ठिक भयो । मानिसहरुले के भन्छन् भनेर हामीलाई मतलब छैन ।’

यसैबीच लखनऊका चिकित्सा विशेषज्ञले यसलाई शारिरीक नभएर मानसिक प्रभाव भनेका छन् । वहिन किङ जर्ज मेडिकल युनिभर्सिटीका ती डाक्टरले भने, ‘यहाँ सम्भवत ताजा हावा छ, जसले मानिसलाई सास लिन सहयोग गर्छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर