Aamsanchar

बाख्रा चराउन गएका १५ वर्षीय किशोरको तालमा डुबेर मृत्यु

Author Image
शनिवार, वैशाख २५, २०७८

रुकुम पश्चिम – घरबाट बाख्रा चराउन गएका एक किशोरको तालमा डुबेर ज्यान गएको छ । शनिबार जिल्लाको सानिभेरी गाउँपालिका – ११ पेदिखोलाका १५ वर्षीय रुपलाल खड्काको तालमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । सिम्ली खोलाको अधेरे भन्ने स्थानमा रहेको तालमा पौडी खेल्ने क्रममा उनको ज्यान गएको आफन्तले जानकारी दिएका छन् । उनी गाउँकै एक सरकारी विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए ।

मृतक रुपलाल तालमा पौडी खेल्न गएको र धेरै समयसम्म बाहिर नआएपछि उनीसँगै गएका साथीले आफन्तलाई खबर गरेका थिए । आफन्त गएर तालबाट मृतकको शव निकालिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर