Aamsanchar

कोरोना संक्रमितले बेसार मिसाएको दुध सेवन गर्न भारत सरकारको सल्लाह

Author Image
शनिवार, वैशाख २५, २०७८

कोरोना भाइरस संक्रमणको दोस्रो लहरले मानिसहरुलाई बेचैन बनाएको छ । अवस्था दिनप्रतिदिन बिग्रँदै छ । भारतमा दैनिक चार लाखभन्दा धेरैमा कोरोना देखिएको छ । यस्तो अवस्थामा महामारीबाट बच्नका लागि बिरामी बलियो हुन जरुरी छ । कोरोना भाइरसबाट निको भएका बिरामीमा कमजोरी धेरै दिनसम्म रहने गरेको छ । यस्ता बिरामीले मांशपेशी र इम्युनिटीलाई बलियो बनाउन जरुरी र शरीरमा पनि उर्जा ल्याउनका लागि राम्रो खानपान गर्न जरुरी छ ।

कोरोना संक्रमित र कोरोनाबाट निको भएका बिरामीको स्वास्थलाई ध्यानमा राख्दै भारत सरकारले आफ्नो अधिकारिक ट्वीट ह्यान्डलमार्फत केही त्यस्ता खाद्यान्नको प्रवद्र्धन गरेको छ, जसको सेवन जरुरी छ ।
भारत सरकारले दिएको सुझाव यस्तो छ –

– पर्याप्त भिटामिन र खनिज प्राप्त गर्नका लागि फलफूल र तरकारीलाई डाइटमा समावेश गर्नुस् ।

– चिन्ताबाट छुटकारका पाउनका लागि कम्तिमा ७० प्रतिशत कोकोसँगै डार्क चकलेटको थोरै मात्रा सेवन गर्न जरुरी ।

– इम्युनिटी बढाउनका लागि बेसार मिसाएको दुध सेवन गर्नुस् ।

– धेरैजसो बिरामीलाई हरेक कुराको गन्ध आउँछ, जसका कारण उनीहरु केही खान मन गर्दैनन् । यस्ता बिरामीले थोरै थोरै समयमा हल्का खान जरुरी छ । खानमा अमचुर (आँपको धुलो) प्रयोग गर्नुस् । यसले स्वाद बढाउँछ र यसमा समावेश भिटामिन सीले रोगबाट निको हुन पनि सहयोग गर्छ ।

– कोदो, जौजस्ता अनाजलाई खानमा समावेश गर्नुस् ।

– प्रोटिनको राम्रो स्रोत मासु, अण्डा, माछा, पनिर, सोयाबिन, बदाम र अन्य बिजहरुको सेवनले तपाईको शरीरलाई निको हुन सहयोग गर्नेछ ।

– बदाम, जैतून, सरस्युलगायत स्वस्थ तेलको प्रयोग गर्नुस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर