Aamsanchar

काबुलस्थित एक स्कुल नजिकै बम विस्फोट : कम्तिमा ४० जना मारिए,२५ जना घाइते

Author Image
आइतवार, वैशाख २६, २०७८

काबुल-अफगानिस्तानको राजधानी काबुलस्थित एक स्कुल नजिकै शनिबार बम विस्फोट हुँदा कम्तिमा ४० जना मारिएका छन् । २५ जना घाइते भएका छन् । राजधानी काबुलमा रहेको गर्ल्स स्कुललाई लक्षित गरी बम विस्फोट गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

स्कुलबाट छात्राहरु निस्किरहेको समयमा सुरुमा कार विस्फोट गराइनुका साथै पछि रकेट हमला गरिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । अफगान गृह मन्त्रालयका अनुसार दस्त-ए-बारचीमा रहेको सैयद अल शुहादा गर्ल्स हाई स्कुललाई लक्षित गर्दै उक्त हमला भएको थियो ।

घटनामा मृत्यु हुनेहरुमा केही स्कुले छात्रा समेत छन् । विस्फोटमा घाइते भएकाहरुलाई नजिकका अस्पताल लगिएको छ । हमलाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । यद्यपि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यस क्षेत्रमा रहेका मुस्लिम शिया हजारा समुदायको वाहुल्य रहेको छ । जहाँका स्थानीयहरु ईद उल फितर मनाउन गत साता घर बाहिर निस्किएका थिए । तर उक्त समुदाय वर्षौँदेखि नै सुन्नी इस्लामिक कट्टरपन्थी समूहको निशानामा पर्दैआएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर