Aamsanchar

भारतले दुर्गम गाउँ तर्फ खोप बहाक ड्रोन पठाउने

Author Image
आइतवार, वैशाख २६, २०७८

प्रतिकात्मक तस्वीर ।

ग्रामिण भेगमा बसोबास गरिरहेका कोरोना संक्रमितकहाँ भ्याक्सिन पुर्‍याउन भारत सरकारले ड्रोन उपयोग गर्न मञ्जुरी दिएको छ।

त्यहाँको नागरिक उड्ययन मन्त्रालय र महानिर्देशनालयले पहिलो चरणमा तेलंगना सरकारलाई संक्रमितकहाँ भ्याक्सिन पुर्‍याउन ड्रोन प्रयोग गर्न स्वीकृति दिएको हो।

यही महिनाको अन्त्यतिरसम्म यो कामको परीक्षण गरिने तेलंगनाका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

यसअघि इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) ले कोभिड भ्याक्सिन पुर्‍याउन ड्रोन उपयोग गर्न शोध अनुमति दिएको थियो। खोप पुर्‍याउने यस्ता ड्रोन उडाउँदा हवाई नियम पालनामा केही छुट पनि दिइएको छ।

स्वास्थ्य सेवामा संक्रमितको सहज पहुँचका लागि र चाँडोभन्दा चाँडो भ्याक्सिन उपलब्ध गराउन ड्रोन उपयोग गर्न लागिएको भारत सरकारले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर