Aamsanchar

अमेरिकामा बन्दुकधारीको आक्रमणमा परेर १ नेपालीसहित ३ जना मारिए,अर्का १ नेपाली घाइते

Author Image
आइतवार, वैशाख २६, २०७८

एजेन्सी –अमेरिकाको मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपालीसहित ३ जना मारिएका छन् । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित ३ जना मारिएका हुन् । घटनामा एक जना नेपाली विद्यार्थी घाइते भएका छन् । उनको उपचार भइरहेको छ । मृतक र घाइते विद्यार्थी नेपालको संखुवासभा जिल्ला निवासी भएको बताइएको छ । यद्यपी उनीहरुको परिचय खुलेको छैन ।

६० वर्षका एक मानसिक रोगीले आफ्नै घरको ग्यास खोलेर घर जलाएपछी अन्घाधुन्ध गोली प्रहार गरेको बुझिएको छ । मृतक र घाइते नेपाली बिद्यार्थीहरु गत सातामात्रै सो घरमा डेरा गरी बसेका थिए । तत्काल प्रहरी घटनास्थलमा पुगेपछि दोहोरो भिडन्तमा बन्दुकधारी पनि मारिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)

सम्बन्धित खबर