Aamsanchar

झापाको झापा गाउँपालिकामा अक्सिजन सहितको २० बेड क्षमताको आइसोलेसन सेन्टर तयार

Author Image
आइतवार, वैशाख २६, २०७८

झापा- देशका ठुला निजी तथा सरकारी अस्पतालमा बेड तथा अक्सिजन अभाव भइरहेको बेला झापाको एक गाउँपालिकाले सुविधा सम्पन्न आइसोलेसन सेन्टर तयार गरेको छ । झापा गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको आइसोलेसन सेन्टर तयार गरेको हो । वडा नम्बर ६ मा अवस्थित जेष्ठ नागरिक भवनमा २० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरिएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । पालिकाले संक्रमितलाई उपचार केन्द्रसम्म पुर्याउनका लागि तीनवटा एम्बुलेन्सको समेत व्यवस्था गरेको उनले जानकारी दिए ।

हाल सेन्टर २० बेडको भएपनि आवश्यकता अनुसार बढाउँदै लगिने अध्यक्ष साहले बताए । अहिलेसम्म होम आइसोलेसनमा बसेका संक्रमितको नियमित स्वास्थ्य परीक्षण गर्न गाउँपालिकाले स्वास्थ्यकर्मीको टोली घरघरमै परिचालन गरेको छ । होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्यमा अक्सिजनको मात्रामा कमी आए तुरुन्तै थप उपचार गर्न सहज होस भन्ने उद्देश्यले अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरिएको अध्यक्ष साहको भनाइ छ । कोरोना संक्रमणको दोस्रो लहर शुरू भए यता झापा गाउँपालिकामा ४० जना संक्रमित भइसकेका छन् भने २ जनाले ज्यान गुमाइसकेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)