Aamsanchar

मोरङको छुट्टा-छुट्टै स्थानमा चट्याङ् लागेर १ जनाको मृत्यु , श्रीमान् र श्रीमती घाईते

Author Image
आइतवार, वैशाख २६, २०७८

मोरङ- आज बिहान पानी सहित परेको चट्याङमा परेर मोरङको छुट्टा छुट्टै स्थानमा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान पौने ९ बजे रंगेली नगरपालिका १ हाटखोला का ३० बर्षीय प्रबिन माझीको चट्याङ लागेर मृत्यु भएको हो । उनि बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्ममा परी गम्भिर घाईते भएका थिए । उनको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाऊँपालिका ६ पोखरिया का ४५ बर्षीय मुक्तर मिया अन्सारी र निजकै श्रीमती २६ बर्षीया जाननारा खातुनलाई आफ्नै घरमा बसि रहेको अवस्थामा चट्याङको झट्का लागेर घाईते भएका हुन् । उनिहरुको कोशी अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)