Aamsanchar

चौदण्डीगढीको वीरेन्द्र बजारमा आगलागी : ५ वटा घरपसल जलेर नष्ट, १ करोड २० लाखको क्षति

Author Image
आइतवार, वैशाख २६, २०७८

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–८ वीरेन्द्र बजारमा आइतबार बिहान विद्युत सर्ट भइ आगलागी हुँदा पाँचवटा घरपसल जलेर नष्ट भएका छन् । स्थानीय भरत रार्ईको घरमा विद्युत सर्ट भइ आगलागी हुँदा छिमेकी शिशिर राई, बादलविक्रम राई, पदमकुमारी मगर र कृष्ण मगरको घरपसल जलेर नष्ट भएको हो । आगलागीबाट दुईवटा मोटरसाइकल र एकवटा ट्याक्टरमा क्षति पुगेको छ । 

जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालका अनुसार केशव वयलकोटीले पार्किङ्ग गरी राखेको स.८.प. २७२५ र लालबहादुर राईको वा.३.प.८४८० नम्बरको मोटरसाईकल र को.२.त. ८२३० नम्बरको ट्याक्टर समेत आंशिक जलेका छन् । 

जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालका अनुसार मोटरसाइकल र ट्याक्टरको ९ लाख क्षतिसहित १ करोड २० लाख बराबरको धनमालमा क्षति पुगेको छ । बिहान ४:१५ बजे सुरु भएको आगलागी स्थानीय बासिन्दा, चौदण्डीगढी नगरपालिकको वारुण यन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा ३ घण्टापछि नियन्त्रणमा आएको उनले बताए ।

समयमा प्रहरी वारुण यन्त्र पुगेकाले बजारमा थप क्षति हुनबाट जोगाएको उनले बताए । पाँच घरका ७ परिवारको लत्ताकपडा, गरगहना, अन्नपात, फर्निचर, टिभी, फ्रीज लगायतका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर