Aamsanchar

विराटनगरमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु

Author Image
आइतवार, वैशाख २६, २०७८

विराटनगर-विराटनगरमा उपचाररत थप चार कोरोना संक्रमितको आइतबार बिहान मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन र विराट शिक्षण अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको हो । नोबेल अस्पतालका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ का ६६ वर्षीय पुरुषको बिहान साढे २ बजे, मोरङको विराटनगर महानगरपालिका–१ का ७६ वर्षीय पुरुषको बिहान साढे ३ बजे र सिरहाको कल्याणपुर–४ की ३८ वर्षीया महिलाको बिहान ७ बजेतिर मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उनीहरुलाई जटिल अवस्थामा अस्पाल भर्ना गरिएको थियो ।

यसैगरी, विराट शिक्षण अस्पतालमा सुनसरीको इटहरी उमहानगरपालिका–८ की ५४ वर्षीया महिलाको पनि बिहान मृत्यु भएको छ । ती महिलालाई यही वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।

Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर