Aamsanchar

जापानमा कोभिड राहत प्याकेजको २ लाख ३० हजार डलर मूर्ति बनाउनमा खर्च गरिएपछि….

Author Image
आइतवार, वैशाख २६, २०७८

टोकियो – जापानको एक शहरमा कोभिड राहत प्याकेज अन्र्तगत प्रदान गरिएको झन्डै २ लाख ३० हजार डलर एउटा ठूलो मूर्ति बनाउनमा खर्च गरिएपछि विवाद खडा भएको छ । उक्त रकमले समुद्री जीव, ‘स्क्वीड’ को ४३ फुट अग्लो मूर्ति निर्माण गरिएको हो ।

टोकियोबाट १८० मील उत्तरपश्चिममा पर्ने नोटो नामक सो शहर माछा मार्ने शहर हो जहाँ स्वीकडलाई विशेष परिकारका रुपमा सेवन गर्ने गरिएको छ । यस्तोमा शहरले गत मार्च महिनामा पर्यटन प्रचारका निम्ति भनेर महामारी नियन्त्रणलाई दिइएको रकम यसमा खर्च गरेको हो । शहरका अधिकारी तेत्सुजी सिमोयाचीका अनुसार उक्त मूर्ति कोभिड अवधि पछि पर्यटन आकर्षणको केन्द्रबिन्दु बनोस् भन्ने अपेक्षाले बनाइएको थियो । तर यही मूर्तिबारे अहिले त्यहाँका १६ हजार वासिन्दा माझ ठूलो प्रश्न उठेको छ ।

सो आपत्कालीन रकम त्यो भन्दा गतिलो कामका लागि उपयोग गर्न सकिने थिएन भन्नेबारेमा हाल विवाद भइरहेको छ । एक ट्वीटर प्रयोगकर्ताले त आक्रामक हुँदै भनेका हुन्, “कुनै खोप प्रदान नगरिएको, पिसीआर टेस्ट वृद्धि नगरिएको र स्वास्थ्य प्रणाली पतन हुने अवस्थामा पुगेको देशमा कोभिड राहत प्याकेजले एउटा ठूलो स्क्वीड निर्माण गर्नुलाई दुनियाँले कुन रुपमा हेर्छ होला रु”

यस्तोमा सिमोयाचीले त्यहाँका वासिन्दाहरु चिन्तित हुनु स्वभाविक भएको स्वीकार गरे । जापानले गत वर्ष महामारी नियन्त्रण र कोभिडले पारेको आर्थिक प्रभावलाई सम्बोधन गर्न ४१ अर्ब डलरको आपत्कालीन रकम वितरण गरेको थियो । र यस शहरले त्यहीँबाट ६२ लाख डलर प्राप्त गरेको थियो । त्यसमा झन्डै २५ लाख डलर यसले संक्रमण नियन्त्रणमा खर्च गरेको छ । र १३ लाख डलर जति स्थानीय व्यवसाय र रोजगारीमा खपत भएको थियो ।

सिमोयाचीका अनुसार नोटो शहर ऐतिहासिक रुपमा स्क्वीडका लागि प्रख्यात मानिन्छ । तर पछिल्लो समय चिनियाँ र उत्तर कोरियाली जहाजसँगको प्रतिस्पर्धाले यसको व्यवसायमा उल्लेखनीय प्रभाव परेको छ । यसैले पर्यटन पनि घट्न पुग्दा शहरमा नयाँ आकर्षण केन्द्र स्थापित गर्ने उद्देश्यले सो मूर्ति निर्माण गरिएको हो ।

जापान कोरोना नियन्त्रणमा सफल रहँदै आएको मानिन्छ । तर खोप वितरणमा ढिलासुस्ती गरिरहेकाप्रति भने अहिले बढ्दो रुपमा आलोचित भइरहेको छ । त्यसैगरी जुलाइदेखि सुरु हुने भनिएको टोकियो ओलम्पिक्सको पनि टुङ्गो लाग्न सकेको छैन । न्युयोर्क टाइम्स

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 468

प्रतिक्रिया (०)

सम्बन्धित खबर