Aamsanchar

जसपाले ओलीलाई विश्वासको मत नदिने , अर्को सरकार गठनमा पनि सहयोग नगर्ने

Author Image
आइतवार, वैशाख २६, २०७८

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र अर्को सरकार गठनमा पनि सहयोग नगर्ने बताउनुभएको छ । आइतवार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुग्नुभएका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोले जसपाले नयाँ सरकारलाई साथ दिने निर्णय नगरेकाले जसपाको भर गरेर अघि बढे गलत हुन सक्ने बताउनुभएको हो ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईले ओलीलाई विश्वासको मत नदिने र नयाँ सरकारमा कांग्रेस र माओवादीलाई साथ दिने निर्णय गरिसकेका छन् । तर ठाकुरले भने उपेन्द्र यादवको व्यक्तिगत निर्णयको पछि नलाग्न देउवालाई सुझाव दिनुभएको छ ।

देउवालाई भेटेलगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जानुभएका अध्यक्ष महन्थ ठाकुरले विश्वासको मत नदिने बताएका छन् । ‘अहिले तपाईँलाई विश्वासको मत दिन सक्ने अवस्था छैन, हामी तटस्थ बस्छौँ, सहयोगको धेरै आशा नगर्नुहोला’, ठाकुरले भन्नुभएको छ । भेटमा प्रधानमन्त्री ओलीले सत्ता सञ्चालनमा मिलेर जान सकिने ठाउँ रहेकाले आफूलाई साथ दिन आग्रह गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर