Aamsanchar

पछिल्लो २४ घण्टामा नेपालमा ४ हजारभन्दा धेरै काेराेना सङ्क्रमणमुक्त

Author Image
आइतवार, वैशाख २६, २०७८

काठमाण्डाै- पछिल्लो २४ घण्टामा नेपालमा चार हजारभन्दा धेरै काेराेना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा चार हजार २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

याेसँगै नेपालमा काेराेनामुक्त हुनेकाे सङ्ख्या तीन लाख दुई हजार सात सय ८७ पुगेकाे छ । अब नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ७६ दशमलव सात प्रतिशत पुगेको छ । नेपालमा कोरोनाभाइरसका आठ हजार ७७७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ९४ हजार ६६७ पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा ५०६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ७३ जनाको रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

मन्त्रालयका अनुसार हाल ४१९ जना क्वारेन्टिनमा छन् । पत्रकार सम्मेलनमा प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा ५२ जना मृत्युको रिपोर्ट प्राप्त भएको र बाँकी विभिन्न स्थानमा ३६ जना थप गरी ८८ जनाको मृत्यु भएको बताउनुभएको छ ।

Views: 306

प्रतिक्रिया (०)

सम्बन्धित खबर