Aamsanchar

स्वास्थ्य सामाग्रीको मुल्य बढाईएको जनगुनासो बढन थालेपछि प्रशासनद्वारा बिर्तामोडमा अनुगमन

Author Image
सोमवार, वैशाख २७, २०७८

श्रीअन्तु सर्जिकलमा अनुगमन टोली । फोटो विनोद पाण्डे/आमसंचार

बिर्तामोड । कोरोना संक्रमितहरुले प्रयोग गर्नु पर्ने स्वास्थ्य सामाग्रीहरुको मुल्य एकाएक बढेको जनगुनोसो आउन थालेपछि जिल्ला प्रशासन कार्यलय झापाले बिर्तामोडका केही मेडिकल सामाग्री बिक्री गर्ने होलसेल पसलमा अनुगमन गरेको छ ।

सोमबार बिर्तामोडमा रहेको श्रीअन्तु सर्जिकल, सिद्धेश्वर ड्रेडर्स लगायतका मेडिकल सर्जिकल थोक बिक्री केन्द्रहरुमा गनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यलय, स्वास्थ्य कार्यालय झापा, बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाबाट संयुक्त रुपमा अनुगमन गरिएको अनुगमन टोलीका नेतृत्वकर्ता सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले जानकारी दिए ।

अनुगमनमा प्रमुख अधिकृत रामहरी खतिवडा, जिल्ला प्रशासन कार्यालयका यदुनन्दन दाहाल, जिल्ला स्वास्थ्य कार्यलयबाट गोपाल बराल, बिर्तामोड नगरपालिकाबाट तुलसी पोखरेलको सहभागिता रहेको थियो ।

अनुगमन गरिएका सर्जिकल सप्लायर्सहरुमा मुल्य वृद्धि कहाँबाट कसरी हुदैछ भन्ने कुरा बुझने र खरिद बिक्रीको बिल जाचबुझ गर्ने काम गर्दा उक्त सप्लायर्सहरुमा सामान्य कमजोरी बाहेक अन्य कुनै समस्या नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी रिमालले आमसंचारलाई बताए । उनले भने ‘धेरै औषधिका डिलरहरु बन्द रहेको पाईयो किन र के कारणले बन्द भए यसबारै पनि खोजी गर्ने छौ र अर्को दिन पुन अगुगमन गर्ने छौं’।

Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर