Aamsanchar

मोरङमा इँटा बनाउन खनेको खाल्डोको पानीमा डुबेर एक बालकको मृत्यु

Author Image
सोमवार, वैशाख २७, २०७८

इँटा बनाउन खनेको खाल्डोको पानीमा डुबेर सोमबार बिहान एक बालकको मृत्यु भएको छ। मोरङ रंगेली नगरपालिका-९ बेदमारीस्थित इँटा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान पौने १० बजे भारत बिहार घर भई सोही स्थानमा रहेको देवी इट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँका १० वर्षीय अलिअर मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ। खेल्ने क्रममा पानीको खाल्डोमा डुबेर बालक गम्भीर घाइते भएका थिए। घाइते बालकलाई उपचारको लागि रंगेली अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर