Aamsanchar

१२ देखि १५ वर्ष उमेर समूहकालाई कोरोना विरुद्धको खोप दिन अमेरिकाको अनुमति

Author Image
मङ्गलवार, वैशाख २८, २०७८

काठमाण्डौ – अमेरिकाले १२ देखि १५ वर्ष उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक एफडीएले १२ देखी १५ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिएको न्यूयोर्क टाइम्सले जनाएको छ । एफडीएले यस अघि १२ देखी १५ वर्ष उमेर समूहलाई खोप दिन परीक्षण भएर नतिजा राम्रो आएको बताएको थियो ।

खोपको उत्साहजनक नतिजा आएपछि प्रयोगको अनुमति दिएको हो । अमेरिकाले अब विद्यालय र विश्वविद्यालय तहमा खोप अभियान सञ्चालन गर्ने जनाएको छ । फाइजरले १२ वर्ष मुनीका बालबालिकाको लागि पनि खोपको परीक्षण भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर