Aamsanchar

बजार नपाएर पीडित बनेका कृषकको समस्या प्रति इटहरी उपमहानगरद्वारा सहजिकरण

Author Image
मङ्गलवार, वैशाख २८, २०७८

इटहरी । लकडाउनका वेला वजार नपाएर पीडित वनेका कृषकको समस्यालाई इटहरी उपमहानगरले सहजिकरण गरेको छ ।

उपप्रमुख लक्ष्मी गौतमले पीडित कृषक र थोक विक्रेताहरु सँग छलफल गरेर सहजिकरण गर्नुभएको हो । छलफल पछि सब्जि होलसेल ब्यापारीहरुले वारीमै गएर सब्जि उठाउने भएका छन । क्विन्टल भन्दा माथि भए कृषकको वारीमै गएर उठाउने र त्यो भन्दा थोरै भए कृषकले पसलमा ल्याइदिने गरि समन्वय गरिएको उपप्रमुख गौतमले जानकारी दिनुभयो ।

लकडाउन का कारण उत्पादित सब्जि वजार सम्म पुरयाउन नसक्दा कृहिएर कृषकहरु पीडित वनेका थिए । कृषकको गुनासो पछि उपप्रमुख गौतमले कृषकको वारीमै पुगेर अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा आफूले किसानहरु निक्कै पीडित भएको पाएकाले समन्वय गरेको उपप्रमुख गौतमले वताउनुभयो ।

भारत देखि तरकारी आयात भइरहेको तर आफनै ठाँउमा उत्पादित तरकारी कुहिएर जानु हुदैन भन्ने अभिप्रायले थोक विक्रेताहरु सँग समन्वय गर्दा उहाँहरु सकारात्मक पाएको उहाँले वताउनुभयो । लकडाउनको वेला पाकेको तरकारी वालीले वजार पाउने भएपछि कृषकहरु खुशी भएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर