Aamsanchar

श्रीमानको मृत्यु भएपछि सहाराद्वारा फूलमायाको ऋण मिनाह

Author Image
मङ्गलवार, वैशाख २८, २०७८

चारपाने । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले विपन्न वाह्दशी गाउँपालिका –७ डाँगीवारीको एक परिवारको ऋण मिनाह गरेको छ ।

श्रीमान दीपक मुर्मुको मृत्यु पश्चात कोरोना महामारीको लकडाउन र बन्दाबन्दीले समस्या झेल्दै आएकी फूलमाया हस्ताको ८० हजार रुपैयाँ ऋण मिनाह गरेको हो ।

दैनिक छाक टार्न समेत समस्या झेल्दै आएकी हस्ताको संस्थाले ऋण मिनाह गरेको संस्थाका लक्ष्मीपुर सेवा केन्द्र प्रमुख उमेश भारतीले बताए ।

गाउँपालिकाकी उपाध्यक्ष रत्नकुमारी राजवंशीमार्फत संस्थाले हस्तालाई ८० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको सेवा केन्द्र प्रमुख भारतीले जानकारी दिए । उनले संस्थाले भौतिकदुरी कायम गर्दै हस्ताको घरमै पुगेर रकम हस्तान्तरण गरेका बताए ।

सेवा केन्द्र प्रमुख भारती, समुह प्रवर्धक टीकामाया खड्कासहित गाउँपालिकाका उपाध्यक्ष राजवंशीसहितको टोलीले हस्ता परिवारकोमा गएर रकम हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर