

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ । कोभिड बिरामीको भर्ना मात्रै लिदैँ आएको सरुवारोग अस्पतालले किट अभावमा पीसीआर परीक्षण रोक्न बाध्य भएको छ ।

पीसीआरको लागि किट सकिएपछि परीक्षण तत्कालका लागि बन्द गरिएको अस्पतालका निर्देशक डा।सागर राजभण्डारीले बताए । किट नभएका कारण तत्काल पीसीआर परीक्षण बन्द गर्न बाध्य भएको उनले बताए । किट आइसकेपछि कोरोना परीक्षण सुरु गर्ने अस्पतालले जनाएको छ ।
Views: 224


