Aamsanchar

अरुण तेस्रोको सुरुङ भित्र ढुङगा खस्दा एक कामदारको मृत्यु

Author Image
बुधवार, वैशाख २९, २०७८

संखुवासभा। संखुवासभाको चिचिला गाउँपालिका-३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा (लुज) खस्दा एक कामदारको मृत्यु भएको छ ।

आज बिहान साँढे ८ बजेको समयमा सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङगा ९लुज० खस्दा शुक्लाफाँट नगरपालिका-१२ कन्चनपुरका ३७ बर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो । सोही ढुङगाले लाग्दा अर्का कामदार ५० बर्षीय मिठु राना समेत घाईते भएका छन् । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी पठाईएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय खादबारीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर