Aamsanchar

भारतको गंगा नदीमा लाश भेटिने क्रम जारी

Author Image
बुधवार, वैशाख २९, २०७८

एजेन्सी । भारतको गंगा नदीमा लाश बग्ने क्रम रोकिएको छैन । हिजो पनि ७१ जनाको लाश भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारको बक्सर जिल्लाको सिमरी क्षेत्रमा गंगा नदीमा लाशहरु भेटिएका हुन् । योबाहेक गंगा नदीका विभिन्न घाटहरुमा लाशहरु तैरिरहेको अवस्थामा देखिएका स्थानीयले बताएको बीबीसीले जनाएको छ । भेटिएका लाश पोस्टमार्टम पछि गाडिएको त्यहाँको जिल्ला प्रशासनल कार्यालयले जनाएको छ ।

प्रशासनले डीएनएको नमूना सुरक्षित राखेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाएको दाबी गरेको छ । गंगा नदी किनारमा लाश भेटिन थाले पछि त्यहाँ गस्ती बढाइएको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारका जल शक्ति मन्त्री गजेन्द्रसिंह शेखावतले गंगा नदीमा लाश भेटिएको बारे अनुसन्धान गर्ने बताएका छन् ।

उनले गंगा नदीलाई सफा राख्न आफू प्रतिबद्ध भएको पनि बताएका छन् । भारतको उत्तरप्रदेश र बिहार जस्ता ठाउँमा पर्ने गंगा किनारमा भेटिन थालेको छ । यसअघि अस्ति सोमबार पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन भन्दा धेरै लाश भेटिएका थिए । यी लाशहरु कहाँबाट आए भन्ने यकिन नभए पनि कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव हुन सक्ने अनुमान गरिएको बीबीसले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर