Aamsanchar

काठमाडौंमा बेड नपाए पछि महंगो भाडाँ तिरेर फेरी एक कोरोना विरामीलाई बिएण्डसी ल्याईयो

Author Image
बिहिवार, वैशाख ३०, २०७८

झापा । काठमाडौंका अस्पतालमा बेड नपाएपछि होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित एक महिलालाई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि आज ल्याइएको छ ।

काठमाडौ स्थायी घर भएकी ५७ वर्षीया ति महिलालई हेलिकप्टर मार्फत विर्तामोडको बीएण्डसी अस्पताल ल्याइएको अस्पतालका जन–सम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

पूर्वमा अत्याधुनिक स्वास्थ्य उपकरणहरु भएको ठुलो अस्पतालको रुपमा चिनिएको बिएण्डसीमा कोरोना विरामीहरुका लागि २ सय बेड छुट्याईएकोमा हाल ८६ जनाले उपचार लिईरहेको र आईसियूमा अब १० बेडमात्र बाँकी रहेको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाईले आमसंचारलाई बताए । प्रसाईंको भनाई अनुसार कोरोना विरामीको उपचारमा अस्पताल केन्द्रित रहेको र आवश्यकता अनुसार वेड थप गर्दै लाने लाने बिएण्डसीले योजना बनाएको छ ।

विर्तामोडको बीएण्डसी अस्पतालमा दोस्रो चरणको कोरोना कहर सुरु भएयता  हेलिकप्टर चार्टर गरेर कोरोना संक्रमितका ८ बिरामी आएका छन् । तीमध्ये एकजनाको उपचारकोक्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । काठमाडौँ, दाङ, नेपालगन्ज, पर्सा, ओखलढुंगा लगायतका जिल्लाबाट कोरोनाका संक्रमितहरु उपचारका लागि झापा आउने क्रम बढ्दो छ ।

 

Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर