Aamsanchar

पत्रकार महासंघ मोरङद्धारा कोभिड समन्वय कोष स्थापना

Author Image
बिहिवार, वैशाख ३०, २०७८


विराटनगर। नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण भएर उपचारमा समस्या भएका पत्रकारहरूका लागि कोरोना कोभिड समन्वय कोष स्थापना गरेको छ ।

आजदेखि सञ्चालनमा ल्याईएको कोषमा महासंघका सल्लाहकार र कार्यसमितिका तर्फबाट ५१ हजार रुपैयाँ जम्मा गरिएको छ । कोषमा प्रदेश सरकारबाट प्राप्त हुने २ लाख पनि थप गरिने महासंघ अध्यक्ष सञ्जीव खनालले बताउनुभयो । उहाँले भन्नुभयो,‘ कोषमा सहयोगका लागि दाताहरूलाई पनि आह्वान गर्दछौं ।’ कोष सञ्चालन तथा व्यवस्थापनका लागि अध्यक्ष खनालको संयोजकत्वमा सल्लाहकार शकंर खरेल, सचिव नेत्र पी अधिकारी र कोषाध्यक्ष अभयकुमार राई सदस्य रहने गरि समिति गठन गरिएको महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई अस्पतालमा भर्ना तथा प्रदेश र स्थानीय सरकारसँगको समन्वयका लागि महासंघ अध्यक्ष खनालको संयोजकत्वमा कार्य‘¥यापिड रेस्पोन्स टिम’ गठन गरिएको छ । ¥यापिड रेस्पोन्स टिममा सल्लाहकार शंकर खरेल, उपाध्यक्ष मोहन भट्टराई, तारा आचार्य, सचिव नेत्र पी अधिकारी, कोषाध्यक्ष अभयकुमार राई सहित कार्यसमिति सदस्यहरुलाई आवस्यक सहयोगका लागि जिम्मेवारी दिईएको विज्ञप्तिमा जनाईएको छ ।

समाचार संकलन तथा सम्प्रेषणका क्रममा संक्रमित हुने सञ्चारकर्मीहरूलाई तत्काल उपचारको प्रवन्ध मिलाउनका लागि प्रदेश नं. १ सरकार, स्थानीय सरकारहरूको महासंघले ध्यानाकर्षण गराएको छ । कोरोना संक्रमण भई आईसोलेसन केन्द्र र होमआईसोलेसनमा रहेका सञ्चारकर्मीको स्वास्थ्य लाभको कामना गर्दै दैनिक स्थलगत समाचार संकलन÷सम्प्रेषणमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सावधानी अपनाउँदै र अत्यावस्यक काम बाहेक घरबाटै समाचार संकलन तथा सम्प्रेषणका लागि महासंघले आग्रह गरेको छ ।

 

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर