Aamsanchar

पूर्ण निषेधाज्ञा हुनु अगाबै बिर्तामोड सुनसान (फोटो फिचर सहित)

Author Image
बिहिवार, वैशाख ३०, २०७८

बिर्तामोड स्थित मुख्य राजमार्ग ।

बिर्तामोड । झापामा निषेधाज्ञा जारी भए यता प्रभावकारी रुपमा आज  बिर्तामोड सुनसान बनेको छ ।

आज बिहानै देखि प्रशासानले अन्य दिनको भन्दा सक्रिय रुपमा निषेधाज्ञा पालना गराउन गल्ली गल्लीमा प्रहरी परिचालन गरेपछि  बिर्तामोडमा अनाआवसेक पैदल हिडनेहरुको चहलपहल लगभग शुन्य भएको हो ।

काँकडभिट्टा रोड । 

बिर्तामोडको मुख्य सडकमा फाटफुट मोटरसाईकल र मालबहाक सवारीहरु चलेका छन् । बिर्तामोड केन्द्रविन्दु मुक्तिचोक परिसर अन्य स्थानको भन्दा सुनसान रहेको छ । बिर्तामोडको शनिस्चरे, भद्रपुर, काँकडभिट्टा रोड र पस्चिम बस स्ट्याण्ड तर्फ पनि चहलपहल छैन ।

शनिश्चरे रोड ।

हिजो अस्ती सम्म कृषिथोक र शनिस्चरे रोड हुदै अतिथि सदन जानेबाटो भिडभाडनै हुने गरेको थियो । तर आज सो क्षेत्रमा पनि चहल पहल ठप्प छ । भद्रपुर रोड भने धेरै बैंकहरु भएको क्षेत्र भएकाले अझै मानिसको चहलपहल बाक्लै रहेको छ ।

भद्रपुर रोड ।

बैशाख १९ गते देखि झापामा निषेधाज्ञा सुरु भएको थियो । आंशिक निषेधाज्ञा मात्र जारी भएको अबस्थामा प्रशासनले त्यती कडा गरेको थिएन । प्रशासनले कडा नगरेपछि बिर्तामोड तलायत झापामा निषेधाज्ञा अवज्ञा भएको भन्ने जनगुनासो आएपछि आजबाट प्रशासनले कडिकडाउकासाथ निषेधाज्ञा कार्यानयन गराउन सुरु गरेको छ । जिल्ला प्रशासन झापाले बैशाक १ गतेबाट पूर्ण निषेधाज्ञा जारी गरेको छ ।

कृषिथोक रोड ।

कृषिथोकबाट शनिश्चरे रोड जोडिने बाटो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)