Aamsanchar

हिजो भन्दा आज कोरोना संक्रमितको संख्या कम, मृतकको संख्या बढी

Author Image
बिहिवार, वैशाख ३०, २०७८

काठमाडौं ।  कोरोनाका कारण पछिल्लो २४ घण्टामा नेपालमा थप २१४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४६६ पुगेको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । आजमात्रै देशभर थप ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो ।

पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर