Aamsanchar

कोभिशिल्डको पहिलो डोज लगाएका सांसदहरुलाई दोस्रो डोज लगाउन सुरु

Author Image
शुक्रवार, वैशाख ३१, २०७८

काठमाडौं – संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ । गत फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिन सुरु गरिएको हो । सभामुख अग्नि सापकोटाले संसद भवन नयाँ बानेश्वरमा दोस्रो डोज लगाएर शुभारम्भ गरे । सांसद तथा कर्मचारीहरु लाइन लागेर खोप लगाउने पर्खाइमा छन् ।

Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर